४ कार्तिक २०८३, बुधबार

रवि सँगको तस्वीर राख्दै गोकुल लेख्छन्- लौ त मैले पनि पोस्ट्याइदिएँ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

तस्वीरमा दुवै नेताहरू कुराकानी गरिरहेका देखिन्छन् । खरो प्रवृत्तिका मानिने दुवै नेताबीचको संयुक्त तस्वीर भाइरल भइरहेको छ।

तस्वीरलाई शुभचिन्तक तथा कार्यकर्ताहरूले अत्यधिक मन पराइरहेका छन् । यो समाचार तयार पार्दासम्म पोष्ट गरेको ४ घण्टामै फेसबुकमा मात्रै पाँचहजार बढी लाइक आइसकेको छ ।

लामिछानेसँग संसदमा राजनीतिक भलाकुसारी भएको बाँस्कोटाले लेखेका छन् ।

‘संसदमा रास्वपा सभापति रवी लामिछानेसंग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर शालिगग्राम तिवारीले एक क्लिक दिन भ्याई हालेछन।लौ त मैले पनि पोस्ट्याई दिएँ,’ उनले लेखेका छन् ।