
दैलेख, ५ जेठ । दैलेखमा भरुवा बन्दुक पड्किँदा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा दैलेख नौमुले गाउँपालिका वडा नम्बर ५ गुराँसेका ५५ वर्षीय कर्ण बहादुर बुच्चा मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मगरले घरमा कोहि नभएको अवस्थामा आफ्नै घरको बार्दलीमा भरुवा बन्दुक चलाएका थिए ।
प्रहरीले उक्त भरुवा बन्दुक नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया