
काठमाडौं, ५ जेठ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज शुक्रबार प्रस्तुत गर्ने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बोलाइएको छ ।
अपरान्ह ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।
यसैगरी, आजै प्रतिनिधि सभाको अर्को बैठक साँझ ६ बजे बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।











प्रतिक्रिया