४ कार्तिक २०८३, बुधबार

एक इन्च जमिन नछोड्ने र छिमेकीको एक इन्च पनि नलिने मान्यतामा रहेर भारतसँग कुरा गर्छौँ: प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले देशको एक इन्च भूमि पनि नछोड्ने र छिमेकीको एक इन्च पनि नलिने मान्यतासँग रहेर भारत भ्रमणका बेला भारतसरकारसँग छलफल हुने बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानन्त्री प्रचण्डले नेपालको हित र राष्ट्रिय अखण्डतामा कुनै किसिमको सम्झौता वा भ्रम पर्न नदिने प्रतिवद्वता व्यक्त गरे ।

नेपाल–भारत सम्बन्धका १९५० सन्धी सम्झौता लगायत रिपोर्टहरूका आधारमा भारत सरकारसँग कुरा गर्ने प्रचण्डले बताए ।