४ कार्तिक २०८३, बुधबार

रघुजी पन्तको प्रधानमन्त्रीलाई व्यंग्य- धेरै पछि देखेर होला पहिलाभन्दा ह्याण्ड्सम ह्याण्ड्सम देखिनु भएको छ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग्य गरेका छन् ।

सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने सेसनका क्रममा पन्तले प्रधानमन्त्रीलाई धेरैपछि संसदमा देखिएका भन्दै व्यंग्य कसेका हुन् ।

उनले आफूले प्रधानमन्त्री हराएको विषयमा सूचनासमेत जारी गरेको स्मरण गर्दै प्रधानमन्त्री पहिला भन्दा ह्याण्ड्सम देखिएका बताएका हुन् ।

‘आज धेरै दिनपछि देखेर होला, मेरो आँखालाई भ्रम परको त होइन होला । प्रधानमन्त्री ज्यू पहिले भन्दा ह्याण्ड्सम ह्याण्ड्सम देखिको भएको छ । उहाँ दौरा सुरूवाल लगाएर आउनुभएको छ । खाइलाग्दो पनि देखिनुभएको छ, कामना छ जति खाइलाग्दो देखिनुभएको छ । नेपाली जनता पनि खाइलाग्दो देखिउन्,’ पन्तले भने ।