४ कार्तिक २०८३, बुधबार

जटिलता फुकाएर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ: प्रचण्ड

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीको विषयमा सरकार गम्भीर भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको तर केही व्यवहारिक र कानूनी जटिलटा फुकाउन बाँकी रहेको बताए ।

जटिलटा फुकाएर प्रतिवेदन सार्वजनिक गर्न सकिने प्रधानमन्त्रीले बताए ।

यसअघि पनि रेशम चौधरीलाई अध्यादेश ल्याएर सरकारले छुटाउने प्रयास गरेको भन्दै अहिले अदालतले उक्त विषय टुंग्याएकोले उक्त विषय टुंग्याउन सरकार गम्भीर रहेको बताएका हुन् ।