४ कार्तिक २०८३, बुधबार

क्यान्टोनमेन्ट भ्रष्टाचारमा प्रधानमन्त्रीको प्रष्टीकरण- दोषी ठहरिए जेल जान तयार छु (भिडिओ)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्टमा घोटाला भएको भन्ने आरोपका लागि आरोप मात्रै भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै रूजु भइसकेको विषयलाई राजनीतिक पूर्वाग्रहहको रूपमा उठाउने गरिएको भन्दै आश्चार्यमा परेको बताए ।

क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकमको अडिट रेकर्ड रहेको उनले जानकारी दिए । क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही रहेको भन्दै उनले छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।

‘क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकम अडिट रेकर्ड रहेको छ । गिरिजा प्र रामशरण महत अर्थमन्त्री थिए । उहाँहरुले समेत रुजु गरेपछि पटाक्षेत्र भइरहेको छ । राजनीतिक पूर्वाग्रहका रूपमा उठाउने गरेको देख्दा आश्चार्यमा पर्ने गरेको छु । क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही छ । छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु,’ प्रचण्डले भने ।