४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ ।

मियाँलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो । मियाँले चढ्ने बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको सरकारी गाडीमा पैसा ओसारिएको पाइएको थियो ।

गाडी नम्बर परिवर्तन गर्दै करोडौँ रूपैयाँ ओसार पसार भएको पाइएको प्रहरीले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत १४ जना पक्राउ परेका हुन् ।