३० कार्तिक २०८३, सोमबार

बारामा लागुऔषध गाँजासहित ४ जना पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ४ जेठ । बारामा लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।

बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत बारा निजगढ नगरपालिका-८ उनासी पुलमा हेटौंडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा १३ किलो ५०० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले बसको सिट मुनी स्याउको कार्टुनभित्र गाँजा राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवापुर मनहरी-८ ज्यामिरे बस्ने ३४ वषीय चन्द्र बहादुर मोक्तान (राजकुमार), झापाको मेची-६ शान्तिटोल बस्ने ४६ वर्षीय शंकर दाहाल, मेची-७ बस्ने ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहट चन्द्रपुर-८ बस्ने २४ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।