४ कार्तिक २०८३, बुधबार

क्यान्टोनमेन्ट, लालिता निवास लगायत सम्पूर्ण भ्रष्टाचार प्रकरणको छानबिन गर्न राप्रपाको माग (निर्णयहरूसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले क्यान्टोनमेन्ट घोटाला, लालिता निवास , एनसेल र वाइडबडी भ्रष्टाचार प्रकरणको छानबिन गर्न माग गरेको छ ।

काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राप्रपाले सम्पूर्ण भ्रष्टाचारका घटनाको छानबिन गरी दोषीमाथि कारबाही माग गरेको हो ।

यस्तै, बैठकले राजनीतिक लाभको पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने माग पनि राप्रपाले गरेको छ ।

बैठकले हरेक समिति र तहहरुमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० बर्ष मुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी वेतनधारी कर्मचारीको संगठन नवनाउने, विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राजसंस्था र हिन्दुराष्ट्र पून:स्थापना, संघीयता खारेजीको राष्ट्रिय आवश्यकता जनआकांक्षा बमोजिम निर्णायक मिलनबिन्दुमा स्थापीत गर्न टड्कारो बनेको निष्कर्ष निकालेको छ । बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जन सहित पारित गरेको राप्रपाले जनाएको छ ।