४ कार्तिक २०८३, बुधबार

काठमाडौं उपत्यकामा दिउँसै अँध्यारो !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । बुधबार काठमाडौं उपत्यकामा दिउसै अँध्यारो भएको छ ।

मौसम बदली भएर वर्षासँगै हावाहुरी चलेपछि दिउँसै अँध्यारो भएको हो। दिउँसै अँध्यारो भएर हावाहुरीसहित बर्षाभएपछि जनजीवन असहज भएको छ ।

अँध्यारो भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानसमते प्रभावित भयो । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र दोहाबाट आएको कतार एयरवेजको लगायत जहाजले ओभरसुट गर्नुपरेको थियो ।