४ कार्तिक २०८३, बुधबार

सभामुखले सरकारी गाडी घरको पर्खालमा ठोक्काए, घटना लुकाउने प्रयास

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी गाडी दुर्घटना गराएका छन् ।

सिक्ने क्रममा उनले गाडी पर्खालमा ठोक्काएका हुन् । उनले बुटवल योगिकुटीस्थित बाटोमा गाडी सिक्ने क्रममा लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो डिल्लीराज अर्यालको घरको पर्खालमा ठोक्काएका हुन् ।

बाटोको पोल ढालेर गाडी घरको पर्खालमा पुगेर ठोक्किएको थियो । गाडीको अगाडी भागमा क्षति पुगेको बताइएको छ ।

गाडी ठोक्किएपछि घटना लुकाउन गुपचुप रूपमा मर्मतका लागि पठाइएको थियो । गाडीलाई सुरूमा मर्मतका लागि सुटुक्क बुटवलको मैनाबगरस्थित महेन्द्रा कम्पनीको ग्यारेजमा लगिएको थियो ।

त्यहाँ मर्मत खर्च धेरै आउने भएपछि बुटवलकै बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको छ । तर, क्षतिपूर्तिका विषयमा कुरा नमिल्दा हालसम्म पनि गाडी मर्मत नभएको बताइएको छ ।