४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री वाट्स बुधबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ताका लागि बालुवाटार पुगेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।

भेटमा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा पनि चासो व्यक्त गरेका थिए । प्रचण्डले वाट्समार्फत अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो ।

मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरे । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए ।