
काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतबाट पनि जन्मकैदको फैसला सदर भएका टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच कारागारमै छलफल हुँदैछ ।
रेशमले नेताहरूलाई छलफलका लागि उनी रहेको डिल्लीबजार कारागारमै बोलाएका हुन् ।
रेशमले रिहाई नपाएपछि अब सरकारमा रहने वा नरहने भन्ने विषयमा छलफल हुने बताइएको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशमकै पत्नी रञ्जिता श्रेष्ठ हुन् ।
जो अहिले वर्तमान सरकारको मन्त्री पनि छिन् ।















प्रतिक्रिया