३० कार्तिक २०८३, सोमबार

हेटौंडामा पिकअप गाडीको ठक्करबाट एक बालकको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ जेठ । मकवानपुरको हेटौंडा उपमहानगर ११ मा पिकअप गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु मृत्यु भएको छ ।

आज बिहान हेटौंडा-११ को नमुना चोक स्थित भित्री सडक खण्डमा सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुमि डिङ्डुङको २ वर्षीय छोरा समर लो रहेका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएका समरलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।