शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मास्क लगाउँदा लगाउँदा हाँस्न त भुल्नु भएको छैन ?

दैनिक नेपाल २०८० जेठ २ गते १९:३४

काठमाडौं, २ जेठ । विश्वभर नै कोरोना संक्रमणको महामारी सुरू भएसँगै मास्क लगाउन सुरु भयो । कोरोना अघि पनि मास्क त लगाइन्थ्यो तर पनि बाध्यात्मक रूपमा भने कोरोनापछि नै लगाउन थालिएको हो ।

अहिले कोरोना संक्रमण घट्दै गएको भए पनि मास्क लगाउन भने अधिकांश मानिसले छोडेका छैनन् । जापानमा मानिसहरुले मास्क फुकाल्ने क्रम बढेसँगै स्माइल ट्रेनिङ सेमिनारहरु धमाधम सञ्चालन गर्न थालिएको छ ।

जापानको संक्रामक रोग नियन्त्रण कानून अन्तर्गत कोभिड–१९ को वर्गीकरण डाउनग्रेड गरिएपछि मानिसहरू क्रमशस पूर्व–महामारी मास्करहित जीवनमा फर्किने क्रममा स्माइल ट्रेनिङ अर्थात मुस्कान सेमिनारहरू सुरू गरिएको हो । यही मे ७ मा टोकियोको किटा वार्डको एक वरिष्ठ हेरचाह केन्द्रले मुस्कान सेमिनारको आयोजना गरेको थियो । उक्त सेमिनारमा करिब ३० जना सहभागीहरूले आफ्नो मास्क फुकालेर मुस्कुराउने अभ्यास गरेका थिए ।

यस वर्षको मार्चमा सहज नियमहरू लागू भएपछि स्माइल ट्रेनिङका लागि आवेदकहरूको संख्या अझ बढ्यो । यस वर्षको फेब्रुअरी र अप्रिलकोबीचमा अनलाइन सहभागीको संख्या पनि २०२२ को सोही अवधिको तुलनामा ४\५ गुणाले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित