
काठमाडौं, २ वैशाख । नेपाली काँग्रेस नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी काँग्रेसकी नेतृ आरजु राणाको बचाउमा उत्रिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आरजुमाथि मिडिया ट्रायल भइरहेको आरोप बताए ।
उनले आरजु र मञ्जु खाँणको अडिओ नक्कली भएको पनि बताए ।
‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ । यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो,’ प्रवक्ता महतले भने ।















प्रतिक्रिया