
काठमाडौं, २ जेठ । सर्लाहीको हरिपुरमा मिटरब्याजीले कब्जा गरेको घरको ताला फोडे पीडित घरमा प्रवेश गरेका छन् ।
मिटरब्याजी रामस्वरुप राय चारवर्षदेखि कब्जा गरेको घरमा पीडित ताला फोडेर प्रवेश गरेका हुन् ।
मिटरब्याजी रायले पीडित जमिला खातुनको उक्त घर अर्कै व्यक्तिलाई बिक्री गरिसकेका थिए । खातुनले मिटरब्याजजी रायसँग दुई लाख रूपैँया ऋण लिएकी थिइन् । दुई लाख रुपैयाँ ऋण दिँदा रायले ८ लाखको कागज बनाएका थिए।
खातुन परिवारले त्यतिबेलै रायलाई ५० हजार रुपैयाँ बुझाइसकेका थिए। तर, रायले ८ लाख ऋण लिएको फर्जी कागजको बलमा खातुनको चारकोठे पक्की घर र ११ धुर जमिन कब्जा गरेर अर्कै व्यक्तिलाई २० लाख रुपैयाँमा बेचेका थिए ।
मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीको सहयोगमा खातुनको परिवार ताला फोडेर घरमा प्रवेश गरेको हो ।















प्रतिक्रिया