
काठमाडौं, २ जेठ । बलिउड मेघास्टार अमिताभ बच्चन आइतबार एक अपरिचित व्यक्तिको बाइकमा बसेर सुटिङमा पुगेका छन् ।
सुटिङमा जाने क्रममा जाममा फसेपछि उनी अपरिचित व्यक्तिसँग लिफ्ट मागेर सुटिङस्थल पुगेका हुन् ।
उनले सामाजिक सञ्जाल इन्टाग्राममा मोटरसाइकलमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक गर्दै लिफ्ट दिने व्यक्तिलाई धन्यवाद दिएका छन् ।
‘सवारीका लागि धन्यवाद साथी।’ ‘तपाईंलाई चिन्दिँन । तर तपाईंले मलाई समयमै काम गर्ने ठाउँमा पुग्न मद्दत गर्नुभयो। निकै छिटोगरी कहिले अन्त्य नहुने ट्राफिक जामबाट बचाउँदै। टोपी, सर्ट्स र पहेँलो टी–सर्टको मालिकलाई धन्यवाद,’ उनले लेखेका छन् ।
View this post on Instagram















प्रतिक्रिया