३ कार्तिक २०८३, मंगलबार

एक सय रुपैयाँले बढ्यो सुन, चाँदीको स्थिर

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर १ लाख ११ हजार १०० रुपैयाँमा कोरोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कोरोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य भने केहिदिनदेखि स्थिर रहँदै आएको छ । चाँदी गत वैशाख २९ गतेदेखि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।