४ कार्तिक २०८३, बुधबार

‘नक्कली शरणार्थी प्रकरण’बारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने सांसद गैरेको माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले सभामुखले यसअघि नै प्रकरणबारे जानकारी गराउन सरकारलाई रूलिङ गरे पनि हालसम्म जानकारी नगराइएको बताए ।

‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा सभामुखले नक्कली शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई रूलिङ पनि गर्नुभएको थियो तर । आजको कार्यसूचीमा पनि सरकारले यसबारे जानकारी गराउने विषय देखिनँ।’