४ कार्तिक २०८३, बुधबार

कोरोनापछि बैशाख महिनामा सबैभन्दा धेरै यात्रुले गरे मनकामना केबुलकारमा यात्रा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । कोरोना महामारीपछि पुन: सामान्य अवस्थामा फर्किएपछि २०८० साल वैशाख महिनामा सबैभन्दा धेरै यात्रुले चितवनस्थित मनकामना केबुलकारको यात्रा गरेका छन् ।

मनकामना मन्दिर दर्शनका लागि कोरोनापछि बैशाखमा सबैभन्दा धेरै यात्रुले केबुलकारको यात्रा गरेका हुन् ।

बैशाख महिनामा कुल १,२६,३३८ यात्रुहरूले केबुलकारमा यात्रा गरेका मनकामना केबुलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

अहिले दैनिक रूपमा करिब चारहजार जनाले मन्दिर दर्शनका लागि केबुलकारको यात्रा गर्छन् । यो आर्थिक वर्षको बैशाख महिनासम्म करिब ८,७०,००० यात्रुहरूलाई सेवा प्रदान गरिएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । असारसम्म १० . ५० लाख यात्रुलाई सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ ।

बैशाखसम्म यात्रा गर्नेमध्ये नेपाली नै धेरै रहेका छन् भने त्यसपछि भारतीय पर्यटक रहेका छन् । नपाली ७१.१७ प्रतिशत (६,१९,३७३) र भारतिय २४.१० (२०९,७४३) रहेका छन्।

पछिल्लो समय मनकामना आउने भारतीय पर्यटकको संख्यामा उल्लेखनीय वृद्वि भएको छ ।