२ कार्तिक २०८३, सोमबार

मेलम्चीको पानी वितरण आजदेखि दुई हप्ता रोकिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काठमाडौं उपत्यकामा आजदेखि दुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ । मर्मतका लागि मेलम्चीको पानी दुई हप्ताको लागि रोकिने भएको हो ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।