४ कार्तिक २०८३, बुधबार

नायक प्रदीप खड्का बने बेलायती ब्राण्डको ब्राण्ड एम्बेस्डर

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नायक प्रदीप खड्का बेलायती ब्राण्डको ब्राण्ड एम्बेस्डर बनेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा संयोजक अब्दुल वाशिदको समूहले नेपालमा भित्र्याएको बेलायतको चर्चित ‘बेलाको ब्राण्ड’ को नायक खड्का ब्राण्ड एम्बेस्डर बनेका हुन्।

वासिदको आईकेबीएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जानकारी गराएको थियो ।

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु कतार र बेलायतपछि नेपाली बजारमा विस्तार गरिएको हो ।

कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।