२९ आश्विन २०८३, बिहिबार

बालकृष्ण खाँणलाई जोगाउन खोज्ने पूर्वसांसद शेर्पाविरुद्ध नै पक्राउ पुर्जी जारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जोगाउन खोजेका काँग्रेसका पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ परेर हिरासतमा रहेका सानु भण्डारीलाई भेटेर शेर्पाले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नपोल्न अनुरोध गरेका थिए । तर, आफूविरुद्ध पुर्जी जारी गर्ने प्रहरीको तयारी सुईंको पाएका शेर्पा मोबाइल अफ गरी बेपत्ता भएका छन् ।

दुई दिनअघि जिल्ला अदालत काठमाडौँबाट शेर्पालाई पक्राउ अनुमति लिएको प्रहरीले त्यतिबेलादेखि नै खोजी थाले पनि फेला पार्न सकेको छैन ।

शेर्पा दोस्रो संविधानसभा निर्वाचनमा रामेछापबाट चुनाव जितेका सांसद हुन् । शेर्पाले हिरासतमा रहेका भण्डारी र केशव दुलाललाई भेटेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको बताइएको छ ।