२९ आश्विन २०८३, बिहिबार

रवि लामिछानेको आन्दोलनको बालेन शाहले गरे व्यंग्य

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले गरेको भ्रष्टाचारविरुद्ध सडकमा प्रदर्शनको व्यंग्य गरेका छन् ।

रवि लामिछानेले काठमाडौंमा सडक प्रदर्शन गरेकै दिन हिजो राति सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले असन्तुष्टि जनाएका हुन् । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन तिर लाग्नुपर्ने बालेनको तर्क छ ।

भ्रष्टाचारी नेता को हो र उसको घर कहाँ हो सबैलाई थाहा भएको बताउँदै बालेनले त्यस्ता नेतालाई सिँधै बागमतीमा लगेर चोपाल्न समेत आह्वान गरेका छन् । उनले सडक आन्दोलनलाई नाटकको संज्ञा समेत दिएका छन् । सडक नाटक आफूहरुले धेरै देखिसकेको बताउँदै उनले त्यसलाई नपत्याउने समेत बताएका छन् ।

लामिछानेलाई संकेत गर्दै बालेनले भनेका छन– यत्रो भोट दिएर नेता बनाएको सडक आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो । बालेनको यो टिप्पणीले अहिले तरंग सिर्जना भएको छ ।