
मकवानपुर, ३१ वैशाख । मकवानपुरको मनहरी-६ जोगितालमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन् ।
शनिबार दिउँसो राप्ती नदी क्षेत्रमा गाईवस्तु चराउन गएका स्थानीय ५० वर्षीय भुपाल थिङ गैडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।
थिङको दायाँ हातमा चोट लागेको र उनलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
गैंडा पर्सा निकुञ्जतर्फ गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।















प्रतिक्रिया