२९ आश्विन २०८३, बिहिबार

गर्भपतन गराएको निहुँमा गोली हानी प्रेमिकाको हत्या

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

टेक्सास, ३० वैशाख । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् ।

डलास प्रहरीका अनुसार २२ बर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो ।

पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए ।

कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ । टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानुनी छ । शपथपत्रमा भनिएको छ, ‘संदिग्ध व्यक्ति बच्चाका पिता भएको यो विश्वास गरिएको छ ।’

न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन् ।

प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७:३० बजे झगडा गरिरहेको देखिएको छ ।

प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुइँमा लडेकी थिइन् । भुईँमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोराएर आक्रमण गरेका थिए । न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो ।