२९ आश्विन २०८३, बिहिबार

११ घण्टापछि हाइटेन्सनबाट ओर्लिए दिनेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन लाइनको खम्बामा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् ।

सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माझी खम्बाबाट तल झरेको बताइएको छ ।