
काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको भौगोलिक सीमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन् ।
आज शनिबार काठमाडौंमा सुरेन्द्र भण्डारी र अच्युत गौतमद्वारा लिखित ‘नेपाल–इन्डिया फ्रन्टियर डिप्लोमेसी इन रिफरेन्स टु काली रिभर: पर्सपेकटिभ अफ इन्टरनेशनल ल’ नामक कुटनीतिक पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारका लागि दुई देशबीचको भौगोलिक सीमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी हुन् ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएकाले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने धारणा व्यत्त: गरिन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतना जागृत भएको उनले बताइन् ।
उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य र तथ्याङ्क उल्लेख गरिएको छ ।













प्रतिक्रिया