४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेले प्रधानमन्त्रीलाई भने- जुनसुकै दलका नेता परे नजोगाउनुस् हामी सहयोग गर्छौँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

आज भक्तपुरमाको सूर्यविनायकमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए ।

सभापति लामिछानेले भने, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नूस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं ।”

उनले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भूटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाए ।

रास्वपाका केन्द्रीय सदस्य डा तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको भन्दै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताए ।