४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

नागरिक समाजले शरणार्थी प्रकरणका कुनै दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

भ्रष्ट, नालायकहरूविरुद्ध सबै एकजुट हुने दिन आयो, पार्टी, संस्था, वादलाई आफँसँग राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरुले कुनै पनि दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई मुक्त गर्न नहुने जनाएका छन् । प्रदर्शनसभा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुगेर ऐक्यवद्वता जनाएका थिए ।

उनले भ्रष्टाचार अब नेपाली जनताले नसहने भन्दै यसअघिको सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले टोपबहादुर हो कि टापबहादुर, सचिव/मन्त्री सोचेको तस्कर र बिचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।