
काठमाडौं, ३० वैशाख । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको हो ।
नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौं आउँदै गरेको ग १ ख ४८४७ नम्बरको बसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । बसमा रहेका ३३ जना यात्रु सकुशल रहेका छन् ।
बस गुडिरहेका बेला एक्कासी धुँवा निस्किएपछि यात्रुलाई ओरालिएको थियो ।















प्रतिक्रिया