४ कार्तिक २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भए आन्दोलनमा उत्रने रवि लामिछानेको चेतावनी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

आज भक्तपुरको सूर्यविनाययक नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले तीनजना शीर्ष नेताहरू नै प्रकरणलाई सामसुम पार्ने योजनामा लागेको आरोप लगाउँदै त्यसो भए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

‘मैले हिजो प्रधानमन्त्रीलाई भेटेर योसहितका भ्रष्टाचारका प्रकरणमा दह्रोसँग खुट्टा टेकेर छानबिन अघि बढाउन भनेको छु । तीन नेताहरू यसलाई मिलाउन लागेको देखिँदै छ, तर यदि त्यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौँ,’ उनले भने ।

लामिछानेले ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न सके प्रधानमन्त्रीलाई सार्वजनिक रूपमै धन्यवाद बताए ।