२९ आश्विन २०८३, बिहिबार

केन्द्रीय कमिटी बैठकमा महेश बस्नेतले दिए यी ११ सुझाव

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा एमालेको काठमाडौंमा जारी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टीका पोलिटव्युरो सदस्य महेश बस्नेतले ११ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले संघीयताको पुनरावलोकन गर्ने समय पनि आइसकेको उल्लेख गर्दै शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउन सुझाव दिएका छन् ।

यस्ता छन्, बस्नेतका सुझावहरू–

१. विज्ञ सदस्य बनाउ बिबिध क्षेत्र, पेशागत, व्यावसायिक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नव युवा र महिलाहरूलाई फोकस गरेर डिजिटल सदस्यता आह्वान गरौं । त्यसको ३ महिनापछि उक्त सदस्यहरूलाई संगठित गरी पार्टी नेता र मुलुक हाँक्ने जनप्रतिनिधि बनाउँ ।

२. युवाहरूलाई उनीहरूको आधारभूत आवश्यकता पूरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता विकास हुने गरी निर्वाचित जनप्रतिनिधिहरूलाइ खटाउने र पार्टी कमिटी पनि सोही उद्देश्य पूरा गर्नेगरी दक्ष साथीहरू राखेर जाउँ ।

३. पार्टीले विगतमा गरेको महत्वपूर्ण उपलब्धि व्पापक प्रचार गर्ने नयाँ कार्यक्रमहरूलाई ब्राण्डेड गरेर प्रचार गरौं ।

४. विगतमा भएका कमिकमजोरीको समिक्षा गरौं । गल्ती सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँ ।

५. पार्टी नेताहरू र जनप्रतिनिधिहरूको सम्पति विवरण सार्वजनिक गरौँ र वर्षै पिच्छे अध्यावधिक गरौं ।

६. संघीयताको पुनराबलोकन गरौं । शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउँ । निर्वाचन कम खर्चिलो बनाउँ । राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेस होल्ड राखौं ।

७. दुई कार्यकाल प्रधानमन्त्री तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसद भन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्था गरौँ ।

८. पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५ प्रतिशत जिल्ला र स्थानीय तहको कमिटीमा ३५ प्रतिशत ४० वर्ष मुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौँ ।

९. युवा संघको उमेरहद ३५ वर्ष, अनेरास्ववियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसगठन परिचालन संयन्त्र निर्माण गरौं ।

१०. सोसियल मिडिया र मिडिया परिचालन, कानूनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रवासको काम कमजोर भएकोले यो क्षेत्रमा सही स्मार्ट र कृयटिभ नेतृत्वलाई जिम्मा दिउँ ।

११. देश भक्त, जनवादी र प्रगतिशील शक्तिहरूको बीचमा एकता अभियान चलाउँदै साम्रज्यवादी, सामन्तवादी, यथास्थितिवादी र सस्तो लोकप्रीयतावादीहरूका विरुद्ध र तिनले शृजना गरेका भ्रम चिर्न लागौँ ।