
काठमाडौं, २९ वेशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको ज्ञानेश्वरस्थित आरबी डाइग्नोस्टिक प्रालिबीच सेवा आदान–प्रदानसम्बन्धी समझदारी भएको छ ।
समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले डाइग्नोष्टिकको सेवामा २० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् ।
यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनाका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले गरेको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जानकारी दिएको छ ।













प्रतिक्रिया