१ कार्तिक २०८३, आइतबार

इमरान खानलाई गैरकानुनी रूपमा पक्राउ गरिएको सर्वोच्च अदालतको ठहर, रिहा गर्न आदेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्नु गैरकानुनी रहेको ठहर गरेको छ ।

सर्वोच्चले खानलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्ने आदेश दिएको हो ।

भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको थियो। उनका वकिलहरूले गैर कानुनी रूपमा पक्राउ गरिएको दाबी गरेका थिए ।

खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै दुई हजार भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।