
काठमाडौं, २८ वैशाख । नेपाली काँग्रेकी नेतृ आरजु राणा देउवालाई हेटौंडामा कालो झण्डा देखाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तिकरणसम्बन्धी आगामी कार्यदिशा तर्जुमा, अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम एवम हेटौँडाको एक निजी सुपर मार्केट उद्घाटनको लागि हेटौँडा पुगेकी आरजुलाई कालो झण्डा देखाउने क्रिस कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका क्रिसले आरजु हेटौंडा आउने जानकारी पाएसँगै सार्वजनिक वहिष्कार गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि अहिले आरजुको चौतर्फी आलोचना भइरहेको छ ।















प्रतिक्रिया