४ कार्तिक २०८३, बुधबार

हिरासतमा सुत्न नमानेपछि बालकृष्ण खाँणलाई डीएसपीकै कार्यकक्षमा ओछ्यान !

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमै कटाएका छन् ।

अन्य थुनुवासँग हिरासतभित्र सुत्न नमानेपछि उनलाई काठमाडौं प्रहरी परिसरस्थित डीएसपीकै कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको थियो ।

हाइप्रोफाइल व्यक्ति भएर उनलाई प्रहरीले फरक व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भइरहेको छ । प्रहरीले उनलाई पक्राउ गर्दादेखि अहिलेसम्म हतकडीसमेत लगाएको छैन ।

जबकी कुनै मुद्दामा पक्राउ परिसकेपछि प्रहरीले सबैलाई हतकडी लगाउँछ ।