४ कार्तिक २०८३, बुधबार

केपी ओलीले अख्तियारलाई भने- तपाईँहरू किन खुट्टा कमाउनुहुन्छ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको अनुसन्धानमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुट्टा कमाउन नहुने बताएका छन् ।

आजदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले अख्तियारले खुट्टा दरो टेकेरे भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले माओवादी सरकारले अनेक बाहानामा भ्रष्टाचार गर्दै आइरहेको भन्दै ओलीले देश आर्थिक मन्दीमा रहँदा पनि अयोग्य लडाकुका बहानामा राज्यको पैसा बाँड्न खोजेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।

राज्यको ढुकुटी अनचित तरिकाले काम गरेर गल्तीमा हाल्ने काम भ्रष्टाचार नै भएको ओलीले बताए ।

‘म अख्तियारलाई भन्न चाहान्छु, राज्यको अरबौंको हिनामिना गर्नुस् तपाईँहरू । खुट्टा नकमाउनुस् । किन खुट्टा कमाएर लिरबिर गरेर बस्नुहुन्छ ?,’ अध्यक्ष ओलीले भने ।

भ्रष्टाचारविरूद्व बोले मुख थुन्ने, उसलाई आतंकित बनाउने, कारबाहीको धम्की सरकारले दिने गरेको ओलीको धारणा छ ।

्