
काठमाडौं, २८ वैशाख । धादिङमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
बुधबार राति गल्छी गाउँपालिका-८ मा रहेको शानदार होटलमा स्थानीय २८ वर्षीय विनोद थापा मगरको छुरा प्रहार गरी हत्या भएको हो ।
उनको हत्या गर्ने सोही होटलका सञ्चालक २५ वर्षीय निरज पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सञ्चालक पण्डितले थापा मगरमाथि छुरा हानेका थिए ।
छुरा लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाको विषयलाई लिएर स्थानीयले अहिले गल्छी हुँदै नुवाकोटतर्फ जाने–आउने सडक बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।















प्रतिक्रिया