२ कार्तिक २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो ।

उनीहरुले कसैको दवावमा दोषीले उन्मुक्ति नपाउने गरी कारवाही गर्न माग गरेका छन् । बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत समर्थन गरेको थियो ।

प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै जनताहरू सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिए ।