४ कार्तिक २०८३, बुधबार

प्रचण्ड, देउवा र ओलीबीच नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भएको छ ।

बुधबार अपरान्ह तीन शीर्ष नेताबीच अनुसन्धानलाई प्रभावित नबनाउने निर्णय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन। सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो । तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन। हामीले प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो विधिअनुसार काम गरेको छ । प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्व नगरौँ भन्ने सहमति हामीबीच भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।