
काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
तीन शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन, संसदीय समिति गठन, आगामी बजेटलगायतका विषयमा छलफल भएको बताइएको छ ।
तर, भुटानी शरणार्थी प्रकरणमा दलका ठूला नेताहरू पक्राउ परिरहेका बेला तीन शीर्ष नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । आज मात्रै नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका छन् ।
यस्तै, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ ।















प्रतिक्रिया