
काठमाडौं, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड नै पक्राउ गरेपछि लामिछानेले धन्यवाद दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् ।
‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो सिलसिला नरोकियोस् । कुनै हालतमा नरोकियोस्,’ उनले लेखेका छन् ।















प्रतिक्रिया