४ कार्तिक २०८३, बुधबार

घरभित्र लुकेपछि ढोकै फुटाएरै प्रहरीले पक्राउ गरेको थियो पूर्वगृहमन्त्री बालकुष्ण खाँडलाई

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा खाँड पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेपछि उनी ढोका बन्द गरेर लुकेका थिए ।

‘फोन गर्छु’ भन्दै ढोका बन्द गरेका खाँड लामो समय ननिस्किएपछि प्रहरीले ढोका नै फुटाएर उनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा अझै खाँडले प्रहरीबाट फुत्कने प्रयास गरेका थिए ।

उनलाई प्रहरीले जबरजस्ती तानेको थियो ।