
काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको प्रहरीले जनाएको छ ।
खाँडलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनको निवासबाटै आज बिहान पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुको बयानका आधारमा पूर्वमन्त्री खाँणलाई प्रहरीले पक्राउ गरेको हो । रकम लेनदेनमा पनि खाँडको संलग्नता देखिने ठोस प्रमाण प्रहरीले फेला पारेको स्रोतको दाबी छ ।















प्रतिक्रिया