३० कार्तिक २०८३, सोमबार

अर्घाखाँचीमा आगलागी: मृत्यु हुनेको संख्या चार पुग्यो, एकको उपचार हुँदै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । अर्घाखाँची भूमिकास्थान नगरपालिका–२ तिरतिरेमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा ७२ पर्षीय तीताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे रहेका छन् । माधवको बुधबार बिहान कीर्तिपुर अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य तीनको मंगलबार नै मृत्यु भएको थियो ।

घटनामा घाइते २६ वर्षीया अस्मिता बेल्वासेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । घरमा अचानक आगो सल्किएपछि उनीहरु आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका थिए ।

मंगलबार दिउँसो भूमिकास्थान नगरपालिका–४ तिरतिरेस्थित पदम बेल्वासेको घरमा आगलागी भएको थियो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई मिसन अस्पताल पाल्पा लगिएको थियो । मिसनमा पनि उपचार हुन नसकेपछि उनीहरुले काठमाडौं ‘रेफर’ गरिएको थियो । यहीक्रममा तीन जनाको बाटोमै मृत्यु भएको हो ।