३० कार्तिक २०८३, सोमबार

यस्तो छ आजको मौसम

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । देशमा पश्चिमी र स्थानीय वायुको समान्य प्रभाव रहेकोले आज बुधवार कोशी, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राती देशको पहाडी भू-भागमा मौसम आंशिक बदली हुनाले गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।