२ कार्तिक २०८३, सोमबार

डेटा सुरक्षित राख्न नसक्ने लोकसेवा आयोगलाई कारबाही गर्नुपर्छः सांसद डाँगी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डेटा रिकभर नहुने भए जिम्मेवार निकायलाई कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले विश्वमा प्रविधिले फड्को मारिरहँदा सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न नसकेको गुनासो गरिन् ।

उनले डेटा रिकभर नभए सम्बन्धित निकायलाई कारबाही गर्न माग समेत गरिन् ।  उनले भनिन्, ‘डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन् । डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् ।’